×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

ओम्नी प्रकरणका सरोकार एक अर्काको बचाउमा, के हो वास्तविकता ?

३० असार २०७७

३० असार, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन सचिव यादव कोइरालाले ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीको बचाउ गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद गर्न वार्ता गर्ने समितिमा कार्कीलाई संयोजक मात्रै तोकिएको भन्दै बचाउ गरेका हुन् ।

उनले २०७६ चैत ११ गते कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिबाट निर्देशन आएपछि वार्ता कमिटि गठन गरिएको बताए । वार्ताका लागि स्वास्थ्य मन्त्रालयका १२ औं तहका विशिष्ट कर्मचारी डा. रोशन पोखरेललाई जिम्मा दिइएको उनले बताए । डा. पोखरेललाई जिम्मा दिएको काममा डा. कार्कीलाई संयोजकको रुपमा मात्र तोकिएको कोइरालाले स्पष्ट पारे । उनले भने–‘मन्त्रालयले उच्चस्तरीय निर्देशन प्राप्त गरिसकेपछि हतार हतार हाम्रो मन्त्री ज्यू पनि त्यतिखेर समितिमा हुनुहुन्थ्यो उहाँले सूचना निकाल्नुभयो । गोरखापत्रमा सूचना निकाल्नुभयो, पत्रपत्रिकामा सूचना निकाल्नुभयो सबैतिर सूचना निकालिसकेपछि त्यो सूचनामा भोलिपट वार्ता कमिटि गठन गरेको छ । वार्ता कमिटि भनेको वार्ता गर्नको लागि हो । सबै अधिकार डिजिलाई छ । तर वार्ता भनेको छलफल गर्नका लागि मात्रै हो । छलफल गर्नका लागि त्यहाँ डा. रोशन भनेको १२ औं तहको विशिष्ट तहको कर्मचारी हो । विशिष्ट श्रेणिको कर्मचारीलाई हामीले जिम्मा दिएका छौं । हाम्रो डा. खेम कार्की हुनुहुन्थ्यो जो सल्लाहकार हुनुहुन्थ्यो प्रधानमन्त्रीका सल्लाहकारलाई पनि वहाँपनि बस्नुभएकोले उहाँ विशेषज्ञ भएको कारणले गर्दा र उहाँ सरकारी सेवामै कार्यरत कर्मचारी हो उहाँफेरी बाहिरको व्यक्ति होइन् । सरकारी कर्मचारी भएको कारणले गर्दा त्यो कामको लागि उहाँलाई पनि राख्नुभयो । राख्दामा त्यो के भएको हो भनेपछि उहाँलाई संयोजक भनेर राखेको छ । अव त्रुटि हुन सकेको होला । तर उहाँ सरकारी कर्मचारी भएको हुनाले रोशनलाई हामीले जिम्मा लगाएका थियौं । रोशनलाई जिम्मा लगाएकोमा उहाँले डा. खेम कार्कीलाई राखेर संयोजक मात्रै तोकेको देखिन्छ ।’

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार खेम कार्कीले आफु नियतवस वार्ता कमिटिमा नबसेको बताएका छन् । उनले स्वास्थ्य मन्त्रालयको आग्रहमा वार्ता कमिटिमा बसेको र निर्णय गर्ने सन्दर्भमा २५÷३० मिनेट समय भन्दा आफु नबसेको प्रस्ट पारे । उनले भने–‘जो वार्तामा बसेका थियौं मलाई के अनुरोध आयो भने तपाईले संयोजन गरिदिनुहोस न भन्ने खालका कुराहरु आयो । उहाँहरुले मलाई किन संयोजक बनाउनुभयो सायद डिजि ले भन्नुहुन्छ होला किन भने उहाँ पनि त्यो वार्ता टोलिको एउटा सदस्य हो । उहाँहरुले मलाई भनेको कुरा तपाई चाहिं एमबिबिएस पनि गर्नुभएको छ एमबिएस पनि गर्नुभएको छ त्यसैले क्लिनिकल कुराहरु देखि लिएर व्यवस्थापनको कुरा पनि तपाईलाई आउने भएको हुनाले तपाई पनि यो वार्तामा बसिदिनुभयो भने सजिलो हुन्छ भन्ने कुरा आयो र म वार्तामा बसे । वार्तामा दुईवटा टिमको क्म्प्यारेटिभ चार्ट वहाँहरुले बनाएर ल्याउनुभएको थियो । त्यो वार्ताका दुईवटा पक्षहरुलाई त्यहाँ सँगै राखेर र हाम्रो वार्ताको टोलि बसेर हामीले वार्ता अगाडि बढायौं र वार्तामा हामिले तपाईहरुले कति मूल्य घटन सक्नुहुन्छ भन्ने नै प्रश्न हो दुईवटैलाई । एउटाले म यसमा घटन सक्दिन भनेर भन्यो र अर्कोले धेरै नै मेहनत गरेपछि कोहि न कोहि त घटनै पर्छ तपाई दुईजना मध्ये १ जनाले ल्याउनै पर्ने हुन्छ त्यसकारणले गर्दा यो बाधा फुकाईदिनुस भनिसकेपछाडि एउटा टिमले टोटलमा शुन्य दशमलव ५ प्रतिशत घटाउन सक्छु भन्ने कुराहरु ग¥यो । त्यो गरिसकेपछाडि पोइन्ट फाइभ प्रसेन्ट भएपनि घट्यो अव सम्झौता गर्नपर्छ होला त्यसैले हामीले वार्ताको हिसाबले यहाँहरुले हेर्नुभयो भने हामीले एउटाले पोइन्ट फाइभ प्रसेन्ट घटायो र अर्कोले घटाउन नसक्ने भयो त्यसैले पोइन्ट फाइभ प्रसेन्ट घटाएकोलाई सिफारिस गरिन्छ भन्ने हिसाबले हामीले यो २५÷३० मिनेटको संलग्नता हो मेरो । न त्यो भन्दा अगाडिको कुनैपनि कार्यविधिहरुमा मेरो संलग्नता छ न त्यसपछाडिको कुनैपनि कुराहरुमा संलग्नता छ । ’

स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठले वार्ता कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने कानूनी व्यवस्था नभएकाले कार्कीलाई जिम्मा दिइएको बताए । उनले कार्कीलाई संयोजक तोकिएको कमिटिले आयातकर्ता छनौट गर्ने जिम्मा मात्रै पाएको बताए । उनले बजेटको सुनिश्चितता नभएपछि क्याबिनेटबाट जानुपर्छ भन्ने भएको र क्याबिनेटले पहिला फिर्ता गरेको र पछि क्याबिनेटले दिएको स्वीकृतिबाट भुक्तानी दिएको बताए ।

बैठकमा सांसदहरुले ओम्नी समुहबाट खरिद गर्न नियतबस निर्णय भएको हुनसक्ने बताएका थिए । सांसदहरुले खरिद गर्ने प्रक्रिया डिजाइन अनुसार योजनावद्ध रुपमा भएको विषय उठेकाले थप अनुसन्धान हुनुपर्ने बताएका छन् । उनीहरुले भ्रष्टाचार भएको कुरा उठिसकेकाले यसको छानविनका लागि समिति गठन गर्न माग गरेका छन् ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top