ओली-दाहालबीच आज पनि सहमति जुट्न सकेन, भोलि पनि बस्ने

३१ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजको भेटवार्ता सकिएको छ।

बुधबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे २ घण्टा छलफल भएको छ । आजको छलफलमा पनि केही सहमति जुट्न नसकेपछि भोली विहिबार फेरी छलफल गर्ने भनिएको छ ।

पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो तर कुनै प्रगति नभएपछि आजको लागि भेट तय गरिएको थियो।

Advertisement

यसैगरी गत बुधबार दुई अध्यक्षको भेट भएको थियो। भेटमा दुवै अध्यक्षले आ(आफ्ना अडान राखेका थिए। सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।

विवादकै कारण असार १८ गतेदेखि बैठक बस्न सकेको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top