बाँकेका विभिन्न भागमा सलह, किसानहरु थाल ठटाउँनमै व्यस्त

३१ असार ७७, बिहीबार

१ साउन, बाँके । भारतीय सीमावर्ती क्षेत्रबाट बुधबार नरैनापुर हुँदै बाँके प्रवेश गरेको सलह किरा बिहीबार पनि जिल्लाका विभिन्न भागमा घुमिरहेको छ ।

नरैनापुरबाट डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका हुँदै सलहको हुल बिहीबार दिउँसो खजुरा गाउँपालिकाबाट उत्तर–पश्चिमतर्फ लागेकोमा बैजनाथबाट फेरि दक्षिणतर्फ फर्किएको छ । सलहले बालीनालीमा क्षति पु¥याएको किसानले गुनासो गरिरहेका छन् ।

सलहले तरकारीबाली, मकै, आँप, बदाम, धान, दलहनबाली लगायतमा क्षति पु¥याएको छ । किसानहरुले बारीमा पुगेर थाल ठटाएर भगाएका कारण कम क्षति भएको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा देखिएको सलहको झुण्ड मध्यम र क्षति गराउन सक्ने खालको हो । कृषि ज्ञान केन्द्रको टोलीले सलहको निगरानी गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top