बिहारमा ४२२ करोडमा निर्मित पुल सञ्चालनमा आएको एक महिनामै भत्कियो

१ साउन, काठमाडौं । भारतको बिहार राज्यमा एक महिना पहिले उद्घाटन गरिएको सत्तरघाट महासेतु पुल भत्किएको छ ।

दुई सय ६४ करोड भारतीय रुपैयाँ (चार सय २२ करोड नेपाली रुपैयाँ) मा बनाइएको पुलको बिहारका मुख्यमन्त्री नीतिश कुमारले ठिक एक महिना पहिले अर्थात् १६ जुनमा उद्घाटन गरेका थिए ।

बुधबार राति परेको भारी वर्षाको कारण गण्डक नदीमा पानीको बहाव बढ्दा त्यसको भार थेग्न नसकेपछि पुल भत्किएको बताइएको छ ।

Advertisement

सन् २०१२ बाट निर्माण सुरु गरिएको यो पुल आठ वर्ष लगाएर एक महिना पहिलेमात्र सम्पन्न भएको थियो । बिहारको गोपालगञ्जलाई चम्पारण तथा तिरहुतका धेरै जिल्लासँग जोड्ने यो पुल भत्किएपछि यी क्षेत्रमा आउने जाने बाटो बन्द भएको छ ।

यो पुल निर्माणमा मुख्यमन्त्री नीतिश कुमारले भ्रष्ट्राचार गरेको भन्दै बिहारमा उनको तीव्र आलोचना भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top