यसकारण फुट्यो मेलम्ची सुरुङ

२ साउन ७७, शुक्रबार

मेलम्ची (सिन्धुपाल्चोक) : मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय भयो।

Advertisement

वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’ अस्थायी बाँध बनाएर वर्षात्को समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिक बताउँछन्। आयोजनाले भने सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन। आयोजनामा काम गरिसकेका एक प्राविधिक भने हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारक रहेको दाबी गर्छन्।

आयोजनाका एक इन्जिनियरका अनुसार जम्मा ४ किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए दुर्घटना अझ भयावह हुन सक्थ्यो। ‘४ किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उनी भन्छन्, ‘सुन्दरीजलबाट पानी फर्किंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे।’

Advertisement

थोरै क्षेत्रमै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको उनको तर्क छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको यांग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी लैजान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो’, ती प्राविधिक व्यंग्य गर्छन्, ‘तपाईं आफैं भन्नुस्, मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ? ’

यसले दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंवासीको उत्साहमा धक्का त लागेको छ नै बाँकी २२ किलोमिटर सुरुङको अवस्थामै गम्भीर शंका उत्पन्न भएको छ। आयोजनालाई नियालिरहेका एक विश्लेषक हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जस लिने मन्त्री मगरको लालसा नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण रहेको दाबी गर्छन्। यसमा पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मुख्य जिम्मेवार रहेको उनी बताउँछन्।

Advertisement

इटालीको कम्पनीले ठेक्का रद्द गरेपछि हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गरिएको थियो। त्यस क्रममा कमिसनको खेल भएको, त्यसले गर्दा निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकार बताउँछन्।

गेट फुटेर दुर्घटना भएपछि मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनका लागि प्राविधिक समिति खटाएको छ। सुरुङ संरचना परीक्षण गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको आरोप एक पक्षले लगाएको छ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा युवराज पुरीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top