रियल मड्रिडले जित्याे ला लिगाकाे उपाधि

२ साउन, एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित रियलले लिग उपाधि पक्का गरेको हो ।

रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । सिजनको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए ।

रियलले बल पोसेसनमा बलियो पकड बनाउँदै लगातार एकतर्फी आक्रमण जारी राखेको थियो छ । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । रामोससर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न सकेन । रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुनस् पेनाल्टी प्रहार गर्न लगाएका थिए । दोस्रो प्रहारमा भने बेन्जेमाले गोल गर्न सफल रहे ।

Advertisement

८२ औं मिनेटमा रियलले अग्रतालाई ३-० को अवस्थामा पुराउन सकेन । क्रुसको प्रहार पोस्टमा लागेर फर्केको थियो । यधपी ८३ औं मिनेटमा भने मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।

गए राति नै भएको अर्को खेलमा भने बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २-१ ले पराजित भएको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए । ६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औं मिनेटमा एन्रीच गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फल प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिए ।

Advertisement

१० खेलाडीमा रहनुका बाबजुद ओसासुनाले खेलमा जित हासिल गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै जी जित पक्का गरे । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।

यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ ।

रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top