NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

शुक्रबार साउन २ , २०७७
Reading Time: 1 min read
A A
अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ साउन,चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।

नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए । उनले भने “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।

Advertisement

धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताए । उनले भने “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” यी धार्मिक स्थलमा पुराना भग्नावशेष रहेका उल्लेख गर्दै उनले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको बताए ।

यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए । उनले भने “हामी विश्वस्त छौँ, तर प्रमाणहरु जुटाउनेतर्फ लागेका छौँ ।” आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उहाँले जिकिर गर्नुभयो । उहाँले तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिज्ञ एवं समाजसेवी श्याम विष्टले स्थानीय सरोकारवाला, राजनीति दल, सन्त महन्त सबैको एकमना एकताको साथमा खोज अनुसन्धानमा लाग्ने बताउँदै भने, “यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन ।” उनले सत्य तथ्य पत्ता लगाएरै छाडने बताए ।

उनका अनुसार माडीमा मानव बस्ती बसाउने शुरुआती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेका उहाँले बताउनुभयो । विष्टले भने, “कतिपय प्रमाणहरु भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन ।” अब ती वस्तुहरुको सङ्कलन, संरक्षण र परीक्षण गरिने विष्टले बताए ।

अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले अयोध्या यहीँ हुनसक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताए । उनले रामायणसँग जोडिएका धेरै विषयवस्तु यहाँ रहेको बताउँदै भने, “रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ ।”

स्थानीय धार्मिक व्यक्तित्व लक्ष्मीकान्त सापकोटा भारतमा अयोध्याका विषयमा विवाद रहेको बताउँदै रामको जन्म स्थानको विषयमा अझैसम्म कुनै ठाउँ प्रमाणित नभएको बताए ।

उनले भने, “भारतको अयोध्या पनि राम जन्मेको भन्ने प्रमाणित छैन, यहाँको अयोध्यापुरीमा भएका प्रमाण तथ्यको नजिक छन् ।” उनले राज्यको संलग्नतामा विज्ञको सहभागितामा प्रमाण जुटाउनेतर्फ लाग्नुपर्ने सुझाव दिए ।

चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा नंं. ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।

माडी वडा नं। ९ को सीमाना नजिक रामसीता नामका गुफा छन् । वडा नं। ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन् । माडीकै वडा नंं। १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ ।

रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रधानमन्त्रीको भनाइ पछि स्थानीयहरु उत्साहित भएका छन् । लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन् ।

नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन् ।रासस

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.