×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डुबानबारे छलफल गर्न नेपाल-भारत संयुक्त समिति बैठक बोलाउन निर्देशन

२ श्रावण २०७७

२ साउन, काठमाडौँ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतले सीमावर्ती क्षेत्रमा निर्माण गरेका बाँधले हुने नेपाली भूमिको डुबानबारे दुई देशको संयुक्त समितिमा छलफल गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्री पुनले मन्त्रालयका अधिकारीहरूलाई नेपाली भूमि डुबानबारे ’बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआइएफएम)’ को बैठक बोलाएर छलफल गर्न निर्देशन दिएका हुन् ।

बैठकमा उनले दुई देशबीचको संयुक्त संयन्त्रको बैठक बोलाउन पहल थाल्न भनेका हुन् । मन्त्री पुनले बैठकमा भने, ’बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ । समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक बोलाएर छलफल गर्नुपर्छ ।’

दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्ने मन्त्रालयले जनाएको छ । नियमित कार्यतालिकाअनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिएका थिए । भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिएका थिए ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतीय बाँधका कारण नेपालमा बर्सेनि डुबान भइरहेको बताएका थिए । संसदीय समिति बैठकमा उनले त्यसको समाधानका लागि भारतसँग छलफल गर्नुपर्ने बताएका थिए ।

भारतले नेपालसँगको सीमामा समानान्तर हुनेगरी सडक लगायतका संरचना निर्माण गर्दा तराईका अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top