×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

नेपाल–भारत सम्बन्धः राहुल गान्धी र एस जयशङ्करबीच जुहारी

३ श्रावण २०७७

३ साउन, एजेन्सी ।
भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन्।

विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन्। एउटा भिडिओमा गान्धीले संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गरेका छन्।

Advertisement

ट्विटरमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओमा गान्धीले छिमकीसँगको सम्बन्धबारे चर्चा गर्दै भनेका छन्, यसअघि नेपाल हाम्रो मित्र थियो। त्यसपछि उनले पकिस्तानबाहेक भुटान, श्रीलङ्का लगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको बताएका छन्।

त्यसबारे थप चर्चा गर्दै सुरुमा उनले नेपालको प्रसङ्ग उठाउँदै भनेका छन्, अहिले नेपाल हामीसँग रिसाएको छ। तपाईँ नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस्, जे भएको छ त्यसलाई लिएर उनीहरू क्रुद्ध छन्।

त्यो ट्वीटको विदेशमन्त्री एस जयशङ्करले ट्वीटमार्फत् उत्तर दिँदै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको उल्लेख गरे। उनले भनेका छन्, बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस्।

नेता गान्धीले विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन्। विदेशमन्त्री जयशङ्कर नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव थिए। काठमाण्डू आएर उनले नेताहरूलाई असन्तुष्ट पक्षका माग नसमेटिएको भन्दै संविधानमा जारी गर्ने तालिका पछि सार्न आग्रह गरेको नेपाली नेताहरूले बताएका थिए।

जारी गर्न लागिएको संविधान विभेदकारी रहेको भन्दै त्यसबेला तराईमा ठूलो आन्दोलन भइरहेको थियो। तर नेपालले संविधान जारी गरेपछि भारतले सीमानाकाबाट सामान रोकिदिएपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको थियो।

नेपालमा त्यसलाई भारतले लगाएको नाकाबन्दीका रूपमा लिइएको थियो। तर भारतले पहिला त्यसलाई अस्वीकार गरेको भए पछि तात्कालिक विदेशमन्त्री सुषमा स्वराजले नाकाबन्दी लगाइएको स्वीकार गरेकी थिइन्।

नाकाबन्दीबारे भारतीय संसद्‌मा विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि उनले भनेकी थिइन्, यस्तो पहिलो पटक भएको होइन। मलाई भन्न विवश बनाइयो पहिला पनि सन् १९८९ मा १६ महिनासम्म नाकाबन्दी लगाइएको थियो, राजीव गान्धीको पालामा यस्तो भएको थियो।

यति बेला फेरि दुई देशबीच सीमा विवाद तथा विषयका कारण नेपाल–भारत सम्बन्ध कटुतापूर्ण देखिएका बेला त्यहाँका विपक्षी नेता र विदेशमन्त्रीबीच वाद–प्रतिवाद भएको हो।(बीबीसी)

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top