×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

कोरोना भाइरसः दैनिक सङ्क्रमण सङ्ख्यामा विश्वव्यापी कीर्तिमान

४ श्रावण २०७७

४ साउन, एजेन्सी ।
कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ।

करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्।

Advertisement
Advertisement

मृतकको सङ्ख्यामा पनि कीर्तिमान

संसारभरि कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या छ लाख नाघेको छ। त्यसको एक चौथाइ अमेरिकाका छन्।

एकैदिनमा संसारभरि मारिनेहरूको सङ्ख्या ७,३६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो। शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

कहाँ धेरै वृद्धि ?

अमेरिकाका कैयन् राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै सङ्क्रमण फैलिएको छ। फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ। हाल फ्लोरिडा अमेरिकाभित्र सङ्क्रमणको केन्द्रविन्दु बनेको छ।

त्यहाँ शनिवार एकैदिन १०,००० भन्दा धेरै थप सङ्क्रमित पाइएका थिए। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या सवा तीन लाख नाघेको छ भने ज्यान गुमाउने सङ्ख्या ५,००० भन्दा धेरै छ।

त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। सङ्क्रमण रोक्न मास्क लगाउने विषयको अमेरिकामा राजनीतिकरण भएको छ।

अमेरिकाको सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय नेताहरूलाई मास्क लगाउन कडिकडाउ गर्न शुक्रवार आग्रह गरेका थिए। तर लगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय तहमा मास्क लगाउने विषयलाई आफूले अनिवार्य नगराउने बताए।

अमेरिकापछि दोस्रो स्थानमा ब्रजिल रहेको छ। त्यहाँपनि सङ्क्रमण रोक्न चालिने कदमहरूको अत्यन्तै राजनीतिकरण भएको थियो। तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमण उच्च विन्दुमा पुग्न अझै महिनौँ लाग्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

धेरै प्रभावित मुम्बई तथा बंग्लुरुजस्ता शहरमा अस्पतालहरू अत्यन्त चापमा चलिरहेका छन्। भारतमा बितेको २४ घण्टामा मात्रै थप ३४,८८४ सङ्क्रमित पाइएका थिए। यो अवधिमा ६७१ जनाले ज्यान गुमाएका थिए।

Advertisement

दक्षिण अफ्रिकामा दैनिक वृद्धिमा कीर्तिमान भइरहेको छ। युरोपेली देशहरूमा बिस्तारै सङ्क्रमण नियन्त्रित हुँदै गर्दा स्थानीय स्तरमा भने कतिपय ठाउँमा सङ्क्रमण बढिरहेका छन्।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top