सोमबार पशुपतिनाथ नखुल्ने, बोलबोम यात्रा पनि नहुने

३ साउन ७७, आइतबार

४ साउन, काठमाडौं ।
आगामी साउन ७ गतेसम्म मुलुकमा लकडाउन जारी छ ।

लकडाउनका कारण यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ ।  सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।

Advertisement

उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ । हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए ।

हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् ।

Advertisement

तर, यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ । सरकारले सोमबार २ घन्टा पछाडि मन्दिर खुल्न निर्देशन दिए पनि खुलाउन तयार रहेको पशुपति बिकास कोषले जनाएको छ । पराजुली भन्छन्, ‘हामीले मन्दिर खुलाउन सम्पूर्ण तयारी गरिरहेका छौँ ।

दर्शनका लागि आउने भक्तजनहरु सामाजिक दुरि कायम गरी दर्शन गराउने तयारी गरेको छौँ । हात धुनको लागि साबुनपानीको पनि व्यवस्था गरिसकेका छौं ।’

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top