४ साउन, काठमाडौं ।
आगामी साउन ७ गतेसम्म मुलुकमा लकडाउन जारी छ ।
लकडाउनका कारण यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।
लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।
उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ । हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए ।
हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् ।
तर, यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ । सरकारले सोमबार २ घन्टा पछाडि मन्दिर खुल्न निर्देशन दिए पनि खुलाउन तयार रहेको पशुपति बिकास कोषले जनाएको छ । पराजुली भन्छन्, ‘हामीले मन्दिर खुलाउन सम्पूर्ण तयारी गरिरहेका छौँ ।
दर्शनका लागि आउने भक्तजनहरु सामाजिक दुरि कायम गरी दर्शन गराउने तयारी गरेको छौँ । हात धुनको लागि साबुनपानीको पनि व्यवस्था गरिसकेका छौं ।’