क्वरेण्टीनबाट भागेका पुरुषको रिपोर्ट पोजेटिभ आएपछि रोल्पाका केही गाउँ सिल

४ साउन ७७, आइतबार
Share this
709shares

४ साउन, रोल्पा ।
रोल्पा नगरपालिकाका केही गाउँ आइतबार दिउँसो १२ बजेदेखि सिल गरिएका छन् ।

Advertisement

दुई हप्ताअघि साउदीबाट गाउँ पुगेका रोल्पा नगरपालिका–४ गुरुङगाउँका २५ वर्षीय एक पुरुष कोरोनाको रिपोर्ट नआउँदै क्वरेण्टीनबाट निस्केर गाउँ पुगेपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।

उनको रिपोर्ट पोजेटिभ आएपछि रोल्पा नपा–४ गुरुङगाउँसहित १० नम्बर वडाका तीन वटा गाउँलाई सिल गरिएको हो । ती व्यक्ति गुरुङगाउँमा रहेको सामुदायिक भवनको क्वरेण्टीनमा बसेका थिए ।

Advertisement

उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिबार कोरोना पुष्टि भएपछि आइतबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिले ती गाउँ सिल गरेको हो । विदेशबाट आउँदा उता गरिएको पीसीआर रिपोर्ट देखाएर गाउँभरी डुलेका ती पुरुषमा कोरोना पुष्टि भएपछि उनको कण्ट्रयाक ट्रेसिङका लागि गाउँ नै सिल गर्नु परेको हो ।

यस्तै सोमबार बेलुका ६ बजेदेखि सदरमुकाम लिबाङ बजारलाई पनि पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय सरकार र प्रशासनको लापरबाहीले यो अवस्था आएको सरोकारवालाहरुको भनाइ छ ।

Advertisement

‘क्वरेण्टीनमा राखिएको व्यक्ति रिपोर्ट नआउँदै निस्कन दिनु हुँदैनथ्यो’ स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले भने ‘यसअघि पनि बाँकेको नरैनापुर लगायतका विभिन्न जिल्लामा आएको परिस्थितिलाई हेरेर सचेतता अपनाउनुपर्ने हो, यसमा स्थानीय सरकारको लापरबाही देखियो ।’

अब सिल गरेर मात्र नहुने र ती व्यक्तिको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी तत्काल पीसीआर गर्नुपर्ने स्वास्थ्य प्रमुख केसीको भनाइ छ । यस्तै शनिबार नै १२ जनामा कोरोना देखिएको रोल्पा नपा–१०, धबाङमा भने त्यति धेरै समस्या नदेखिएको भए पनि थप सतर्कताका लागि गाउँ सिल गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top