×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बाढी पहिरो पीडितलाई सरकारले घर बनाइदिने

५ श्रावण २०७७

५ साउन, काठमाडौं ।
सरकारले बाढी र पहिरोले घर पूर्णरूपमा क्षति भएका परिवारलाई बसोबासका लागि सघाउने गरी प्रकृया अगाडि बढाएको छ ।

सकेसम्म घर नै पुनर्निर्माण गर्नेगरी योजना अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अहिले विधि र प्रकृयाबारे छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले उज्यालोलाई जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार यसै हप्ताभित्र स्पस्ट कार्ययोजना ल्याउनेगरी तयारी भएको छ । तथ्याङ्क जुटाउन समय लाग्ने भएकाले केही समस्या भैरहेको उनको भनाई छ । पोखरेलका अनुसार विपद् प्रभावित क्षेत्रमा त्यहाँका पालिका र प्रदेश सरकारको समन्वयमा घरबारबिहीनलाई घर पुनर्निर्माणमा सघाउने गरी तथ्याङ्क संकलनको काम भैरहेको छ ।

बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत स्वरूप दिने गरेको छ । त्यसबाहेक पनि प्रदेश र पालिकाले आफूहरूको क्षमता अनुसार राहत दिंदै आएका छन् । सरकारले दिदै आएको राहत पीडितका लागि अपुग रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको भनाई छ ।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको वाग्मती प्रदेश सरकारले घर बनाइदिने निर्णय गरिसकेको छ । सरकारले घर पुनर्निर्माणमा सघाउने तयारी गरेका बेला भूगर्भविज्ञले भने पुरानो पहिरो क्षेत्रमा फेरि पनि घर बनाउने, बस्ती बसाल्ने गल्ती नगर्न सुझाव दिएका छन् ।

मुख्यगरी बसोबासलाई ध्यान दिएर यसअघि व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको र क्षति भोग्नुपरेको भूगर्भका विज्ञ लिलानाथ रिमालले बताए । बाढी पहिरो, भूकम्प जस्ता विपद् निरन्तर आउने भएकाले विपद्बाट हुने क्षति र जोखिम घटाउन पूर्व तयारी र सावधानी नै महत्वपूर्ण हुने उनको भनाई छ ।

Advertisement
Advertisement

पुरानो पहिरोमा बस्ती विस्तार हुनबाट रोक्न, खोला खोल्सामा बस्ती नबसाउन, जमिन प्रयोगको योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भूगर्भका विज्ञ रिमालको जोड छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top