पहिरोमा पुरिएर दुई जना बेपत्ता

४ साउन ७७, सोमबार

५ साउन, दार्चुला ।
दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जना वेपत्ता भएका छन् ।

स्थानीय फागुनसिंह ठगुन्नाका अनुसार ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्‍ना बेपत्ता भएका हुन् । दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेका छन् । पहिरोमा परी चार जना घाइते भएका छन् ।

पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको उनले बताए । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

Advertisement

जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ । त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुऱ्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top