×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026

विदेशमा अलपत्र ३२ हजार बढी नेपाली स्वदेश फर्किए

५ श्रावण २०७७

५ साउन, काठमाडौं ।

कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

Advertisement

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने आज मात्रै ५५८ नेपाली घर फर्किएका छन् । यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका छन् ।

उद्धार उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

एकै दिन मलेसियाबाट १६ शव ल्याइयो

मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो । आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ शव नेपाल आएका हुन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरबाटै एक शव ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो पटक साउन ३ गते चार र साउन ४ गते चार शव नेपाल ल्याइएको थियो । यसअघि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेको पहिलो साता एकैदिन २५ शव नेपाल ल्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ५५८ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २५७ यात्रु तथा १५ शव ल्याएको छ भने हिमालय एयरलाइन्सले मलेसियाबाटै दुई उडानमार्फत क्रमशः १५३ यात्रु र एक शव तथा १४८ यात्रु काठमाडौँ ल्याएको छ ।

दोहा, रियाद र दमामबाट थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज त्यसतर्फ प्रस्थान गरेका विमानस्थले जनाएको छ । मङ्गलबार पनि यी दुवै एयरलाइन्सका विभिन्न गन्तव्यमा आठ उडान हुने विमानस्थलको तालिका छ ।रासस

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top