×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाउने काम जारी

६ श्रावण २०७७

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा खसेको पहिरो हटाउने काम सुरु भएको छ ।
सो ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन अहिले चारवटा डोजर लगाएर काम भैरहेको छ ।

Advertisement
Advertisement

सोमबार दिउँसो चार बजेतिर पहिरो हटाउने प्रयास गरिए पनि नसकेपछि छाडिएको थियो । पानी रोकिए अबको तीन घण्टामा पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गर्न सकिने इन्जिनियर खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा कतै पहिरो खसेको छ भने कतै सडक भासिएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका ठूला शहर तथा विभिन्न जिल्लामा जाने सवारी साधानहरु बाटोमा नै रोकिएका छन् । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको छ ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न भने पनि विभिन्न राजमार्गहरुमा पहिरो गएको तथा सडक भत्किएकाले जान सक्ने अवस्था छैन ।

काठमाडौं जान वैकल्पिक मार्गका रुपमा प्रयोग गरिने मकवानपुरको भिमफेदीको सडक पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठौरले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार हेटौंडा–दामन–पालुङ हुँदै नौबिसे निस्कने सडकखण्ड मात्रै सुचारु छ । साना सवारी साधन मात्रै यो सडकखण्ड भएर सहज यात्रा गर्न सक्ने हुँदा ठूला सवारी साधनहरुलाई समस्या भएको प्रहरीको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top