×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

बेलायतले १०७७ जनामा गरेको कोरोना खोपको परीक्षण सफल

६ श्रावण २०७७

६ साउन, एजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको छ ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो । त्यसको नतिजा ’ल्यान्सेट’ भन्ने मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ।

Advertisement
Advertisement

खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ’एन्टिबडी’ विकास भएको रिपोर्टमा उल्लेख छ। वैज्ञानिकहरूले यो नतिजालाई ’एकदमै उत्साहजनक’ भनेका छन्। तर, यसलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन् ।

कोरोना भाइरसविरूद्ध खोप परीक्षणमा अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानलाई सबभन्दा अग्रणी मानिन्छ । यो खोपलाई लिएर यसका निर्माताहरू मात्र होइन, बेलायत र अमेरिकासमेत एकदमै आशावादी छन्।

बेलायतले अनुसन्धानको अन्तिम नतिजा आउनु अगावै १० करोड डोज खोप अर्डर गरिसकेको छ । अमेरिकाले पनि अनुसन्धानलाई तीव्रता दिन एक अर्ब २० करोड डलर उपलब्ध गराउने निर्णय गरेको थियो । यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ।

अक्सफोर्ड विश्वविद्यालयले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर यो सम्भावित खोप निर्माण गरेको हो ।

वैज्ञानिकहरूले यो खोप बनाउन यस्तो भाइरस प्रयोग गरेका छन्, जसले चिम्पान्जीहरूमा रूघा लाग्छ। उनीहरूले त्यो भाइरसलाई प्रयोगशालामा नयाँ ढंगले विकास गरे, ताकि त्यो धेरै हदसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो होस् र मान्छेलाई संक्रमित पनि नपारोस् । (बिबिसी)

यसको अर्थ, यो खोप लगाएपछि मान्छेको शरीरमा जुन एन्टिबडी विकास हुन्छ, त्यसले धेरै हदसम्म कोरोना भाइरसलाई परास्त गर्न सक्छ।

एन्टिबडी भनेको हाम्रो शरीरको रोग प्रतिरोधक प्रणालीले विकास गर्ने प्रोटिनका कणहरू हुन्। यो कोरोना भाइरसको सतहमा टाँसिएर त्यसलाई निस्क्रिय बनाउँछ।

यति मात्र होइन, यो खोप लगाएपछि हाम्रो रगतमा ’टी(सेल’ निर्माण भएको पाइएको छ, जसले कोरोना भाइरसबाट संक्रमित कोषहरू नष्ट गर्न मद्दत गर्छ। यसले हाम्रो शरीरमा भाइरस फैलिन पाउँदैन।

कुनै पनि खोपले राम्ररी काम गर्छ कि गर्दैन भन्ने कुरा त्यसले शरीरमा ’एन्टिबडी’ र ’टी(सेल’ विकास गर्न सफल भयो कि भएन भन्नेमा भर पर्छ। रिपोर्टअनुसार यो खोप लगाइएका व्यक्तिमा १४ दिनपछि टी(सेल विकास भएको थियो भने २८ दिनपछि एन्टिबडी विकास भएको थियो। तर, यी टी(सेल र एन्टिबडीको प्रभाव कहिलेसम्म रहन्छ भन्ने परीक्षणबाट खुलेको छैन।

’अहिलेसम्मको परीक्षणबाट हामी उत्साहित छौं,’ अनुसन्धानमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयू पोलार्डले भने, ’यो खोपले कोरोना भाइरससँग लड्न सक्ने एन्टिबडी र टी(सेल निर्माण गर्न सफल भएको छ।’

’सबभन्दा महत्वपूर्ण प्रश्न, यो खोप लगाएपछि कोरोना भाइरसले संक्रमण गर्छ कि गर्दैन भन्ने हो। यसको जवाफ दिन अझै बृहत परीक्षण गर्नुपर्छ,’ उनले भने।

बेलायतमा हुने अर्को चरणको परीक्षणमा १० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ। खोपको प्रभावकारिता सुनिश्चित गर्न कोरोना भाइरस तीव्र गतिले फैलिरहेका अन्य मुलुकमा पनि परीक्षण गर्ने योजना छ।

अमेरिकामा ३० हजारभन्दा बढीमा खोप परीक्षण गरिँदैछ भने दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिमा खोप परीक्षण गरिँदैछ।

परीक्षण रिपोर्टअनुसार खोप लगाएका व्यक्तिमध्ये ९० प्रतिशतमा एउटा डोज लगाउनेबित्तिकै एन्टिबडी विकास भएको थियो। जम्मा १० जनालाई मात्र दुईवटा डोज लगाइएको थियो। उनीहरूमा पनि एन्डिबडी विकास भएको रिपोर्टमा छ।

यो खोप सुरक्षित भए पनि केही ’साइड(इफेक्ट’ देखिएको वैज्ञानिकहरूले बताएका छन्। ती साइड(इफेक्ट हानिकारक भने छैनन्। खोप लगाइएका ७० प्रतिशत व्यक्तिमा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको थियो। यो प्यारासिटामोलले नै निको हुने अनुसन्धाताहरूले बताएका छन्।

वैज्ञानिकहरूका अनुसार यो वर्षको अन्त्यसम्म खोप प्रमाणित गरी प्रयोगका लागि उपलब्ध हुनेछ। सबभन्दा पहिला स्वास्थ्यकर्मी र जोखिममा रहेका अन्य समूहलाई उपलब्ध गराउने विश्वविद्यालयको योजना छ। सबै काम योजनाअनुसार भए अर्को वर्षको सुरूबाट सार्वजनिक प्रयोगमा आउनेछ।

Advertisement

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ। यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो। उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ। (बिबिसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top