×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

नवविवाहिताले उल्लासमय ढंगले मनाइरहेका छन् मधुश्रावनी पर्व

७ श्रावण २०७७

७ साउन, धनुषा ।

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ । खासगरी, अराध्यदेव महादेवकी अर्धाङ्गनी गौरीको विशेष पूजा हुने गर्दछ ।

यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ । नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ ।

विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो । यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व आफ्नो ठाउँमा जेजस्तो भए पनि पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाईको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारवारिक दायित्व साथै पतिव्रत धर्मलगायतका विषयमा जानकारी गराइन्छ ।

धार्मिकग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरुप पारवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालिम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।

लगातार १३ दिनसम्म चल्ने यस पर्वमा विभिन्न देवीदेवताको कथा सुनाउने गरिन्छ । टोलभरका महिला नवविवाहिताका साथ पूजास्थलमा बसेर कथा सुन्ने गरिन्छ । यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउनुका साथै कथा उदाहरणसहित श्रवण गराउने गरिएको अमिता झा बताउँछन् ।

यस पर्वको पहिलो दिनमा नवविवाहिताले मौना पञ्चमीको कथा र विसहराको जन्मको कथा श्रवण गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गर्छन् । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।

त्यसपछि, चौथो दिन सतिको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारवारिक कथा, छैँटो दिन गङ्गाकी कथा, गौरीकी जन्म, सातौँ दिन गौरीकी तपस्या र आठौँ दिन गौरीको विवाहको कथा श्रवण गराइन्छ ।

त्यस्तै, नवौं दिन गौरीकी माता मैनाकी मोह भङ्गको कथा, दशौँ दिन कात्तिक र गणेशको जन्म, एघाऔँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाह्रो दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन राजा किरकको कथा र गणेशद्वारा सोहाग मन्थन र वितरणको सम्बन्धमा विस्तृतमा बताइन्छ ।

यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्री पठाइन्छ । यसका साथै, नवविवाहिताको नयाँ बस्त्र, चामल, मिठाइ, बदामलगायत सामग्रीका साथै पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । यसका साथै दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रुपमा कोसेलीको रुपमा पठाउने गरिन्छ ।

मधुश्रावनीका दिन गाउँभरका आफ्ना जातका साथै आफन्तलाई दुल्हाका पक्षबाट दुल्हीको घरमा पुगेर आफ्नो तर्फबाट भोज खुवाउने गरिन्छ । सो भोजमा आधिकारिकरुपमा महिलालाई मात्रै निम्तो गरिन्छ । मैथिल समुदायको यो एकमात्र महिलाको अधिकारिक भोजको रुपमा चिनिन्छ । यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गरिन्छ । यसका साथै यी जातकी सधवा महिला पनि मधुश्रावणी पर्वका दिन पूजापाठ गरी पतिको दीर्घायूको लागि दिनभर उपवासमा बसेर पर्व मनाउँछन् ।

मधुश्रावणी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई भोज खुर्वापछि विधिवत्रुपमा पर्व सम्पन्न हुन्छ ।–प्रभाषचन्द्र झा/रासस

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top