×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारी परिचालन गर्दै ट्रम्प

८ श्रावण २०७७

८ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेका छन्।

विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले शिकागो र अन्य दुई डेमोक्र्याटिक पार्टीका नेताहरूले चलाएका सहरमा संघीय सुरक्षा अधिकारीहरू पठाउन लागेका हुन्।

Advertisement
Advertisement

तर यसअघि पोर्टल्याण्ड ओरेगनमा गरिएको संघीय सुरक्षा अधिकारीको परिचालन विवादास्पद बनेको थियो। पोर्टल्याण्डका स्थानीय अधिकारीहरूले संघीय सुरक्षा अधिकारी परिचालन गरिएपछि त्यसले जातिवाद विरोधी प्रदर्शनकामाझ तनाव निम्त्याएको बताएका छन्।

आलोचकहरूले भने ट्रम्पको यस्तो कदम पुनः निर्वाचित हुनका लागि चुनावी अभियानको एउटा हिस्सा भएको बताएका छन्। अमेरिकाका महान्यायाधिवक्ता जेनेरल विलियम बारले मिजुरीको क्यान्जस सीटीमा करिब २ सय सुरक्षा अधिकारीहरू पठाइएको बताएका छन्।

बुधवार सङ्घीय सुरक्षा अधिकारी पठाएको विषयमा ट्रम्पले घोषणा गर्दा महान्यायाधिवक्ता बार पनि सँगै थिए। बारले क्यान्जस सिटीमा पठाएकै सङ्ख्यामा सुरक्षा अधिकारीहरूलाई शिकागो र करिब ३५ जनालाई न्यू मेक्सिको पठाइने बताए।

गत मे महिनामा एकजना निहत्था अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरी हिरासतका क्रममा मिनेसोटा राज्यमा मृत्यु भएपछि त्यसयता अमेरिकाका थुप्रै सहरहरूमा प्रदर्शनहरू हुँदै आएका छन्। यसैबीच, न्यूयोर्क, फिलडेल्फिया, लस एन्जलस, सिकागो र मिलवाकीमा बन्दुकजन्य हिंसाका घटना बढेका छन्।

आरोप
मङ्गलवार राती, सङ्घीय अधिकारीहरूले लगातार ५४ रातदेखि प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा प्रदर्शनकारीमाथि अश्रुग्यास र अन्य तितरबितर बनाउने सामग्रीहरू प्रयोग गरेका थिए।

सङ्घीय अदालतबाहिर भेला भएका सयौंको सङ्ख्याका प्रदर्शनकारीहरूलाई तितर(बितर बनाउने प्रयासमा अधिकारीहरूले ती सामग्रीको प्रयोग गरेका थिए। चिन्ह नभएको गाडीहरू ओरेगनको ठूलो सहर वरपर चलाएको आरोप ती अधिकारीहरूमाथि छ।

उनीहरूले मनोमानी ढङ्गले प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थिए। शिकागोकी मेयर लोरि लाइटफुटले मङ्गलवार स्थानीय प्रहरीलाई बल पुर्याउन संघीय सुरक्षा अधिकारीहरू परिचालन गरिने पुष्टि गरिन्।

हामी यो साझेदारीको स्वागत गर्छौं, तर हामी तानाशाहको भने स्वागत गर्दैनौँ, एउटा पत्रकार सम्मेलनमा लाइटफुटले भनिन्। तर उनले पोर्टल्याण्डम जस्तै सिकागोमा सङ्घीय अधिकारीहरूले कार्यनीति चाल्न नहुने भन्दै चेतावनी दिइन्।

हिंसात्मक आचरण
ट्रम्पले प्रायः शिकागोमा हुने बन्दुकजन्य हिंसाको महामारीको कुरा उठाउँछन् र बुधवार पनि उनले त्यो विषय दोहोर्‍याए।

हिंसात्मक आचरणले हाम्रो देशको अन्तस्करणलाई चकित पार्छ, उनले भने। हालै शिकागोमा भएको घटनामा कम्तीमा १५ जना मानिसलाई एउटा अन्त्येष्टी गृहको बाहिर बन्दुक हानिएको थियो। क्यान्जस सीटीमा पनि सङ्घीय सुरक्षा अधिकारीलाई परिचालन गरिएको थियो।

जुन महिनामा आफ्नो घरमा सुतिरहेका एक चार वर्षीय बालकको अनुहारमा बन्दुक हानी हत्या गरिएको थियो। ट्रम्पले कानुन कार्यान्वयन गराउने सङ्घीय कारबाही तिनै बालकको नामबाट राखिएको बताए।

Advertisement

सुरक्षा अधिकारी परिचालन गर्ने घोषणा ट्रम्पले गर्दा ती बालककी आमा पनि सँगै थिइन्। ट्रम्पले भने, कुनै पनि राजनीतिज्ञले आफ्नो सहर सुरक्षित राख्न अस्वीकार गरेका कारण वा छिमेकमा सुरक्षाको व्यवस्था गर्न नसकेका कारण कुनै पनि आमाले मृत बच्चा आफ्नो हातमा लिनुपर्ने अवस्था आउनु हुँदैन।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top