सन् २०२१ सम्म पनि कोरोना विरुद्धको खोप नबन्ने डब्लुएचओको ठोकुवा

७ साउन ७७, बिहीबार

८ साउन, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।

डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने जनाएका हुन् ।

साथै उनले खोपको अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई खोपको जरुरी रहेतापनि हतार नगरि प्रभावकारी सावित हुने खोप बनाउन सुझाव दिएका छन् । हतारमा बनाइएको खोप प्रभावकारी नभएको खण्डमा फेरी समय लाग्ने हुनाले प्रभावकारी खोप बनाृउन उनले बैज्ञानिकहरुलाई सुझाव दिएका हुन् ।

Advertisement

विश्वका बैज्ञानिकहरुले हाल २३ प्रकारका खोप तयार पारी प्रयोगमा ल्याइसकेका छन् भने जुन परिक्षणका क्रममा नै रहेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५३ लाख ७६ हजार बढी रहेको छ भने मृतकको संख्या ६ लाख ३० हजार नाघेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top