×

NEPAL TIMES UPDATES

Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026

कोरोनाविरुद्धको चिनियाँ खोप यसै वर्ष आउने दाबी

९ श्रावण २०७७

९ साउन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले निर्माण गरिरहेको एउटा खोप यसै वर्षको अन्त्यसम्ममा मानिसमा प्रयोगका लागि उपलब्ध हुने दाबी गरिएको छ ।

चाइना नेसनल फर्मास्युटिक ग्रुपले उक्त खोपका अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने आशा व्यक्त गरेको छ । उक्त परीक्षण सफल भएको खण्डमा कोभिड–१९ विरुद्धको खोप अपेक्षित समयभन्दा अघि नै तयार हुने चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

Advertisement
Advertisement

कोभिड–१९ को महामारी फैलिएसँगै चीन खोप निर्माणमा निकै क्रियाशील भएको थियो । तर भाइरसको संक्रमण निकै कम भएका कारण चीलने खोप तयार भइसक्न केही विलम्ब हुने गतमहिना जनाएको थियो ।

‘सिनोफार्मले कोरोनाविरुद्धको खोपको देशभित्र गत अप्रिलमा गरेको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको छ । यसको तेस्रो चरणको परीक्षण हाल विदेशमा भइरहेको छ,’ सिनोफार्मका अध्यक्ष लिउ जिग्जेनलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

विश्वमा हाल तेस्रो चरणको परीक्षणमा रहेका कोभिड–१९ विरुद्धका तीन खोपमध्ये यो एक हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार हाल कम्पनीले पनि उस्तै विधि अपनाएर ब्राजिलमा अर्को एक परीक्षण गरिरहेको छ । उक्त खोपको नाम ‘सिनोभ्याक’ दिइएको छ ।

सिनोभ्याक बायोटेक कम्पनीले निर्माण गरेका खोप आगामी तीन महिनाभित्र ब्राजिलका करिब ९ हजार स्वास्थ्यकर्मीलाई दुई चरणमा दिइने जनाइएको छ । ‘हामी विल्कुल फरक र ऐतिहासिक समयमा छौं । त्यसैले म यो परीक्षणको एक अंश बन्न चाहेकी हुँ,’ ब्राजिलको साओ पाउलोस्थित एक २७ वर्षीया चिकित्सकले भनिन् ।

साओ पाउलोका गभर्नर जोआयो डोरियाले उक्त खोपको अन्तिम नतिजा ३ महिनाभित्र आइसक्ने बताए । उक्त खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भएको खण्डमा कम्पनीलाई १२ करोड डोज खोप निर्माणका लागि अनुमति दिइसकिएको अधिकारीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले खोप विकासका कुरालाई सावधानीपूर्वक निरीक्षण गर्दै आएको जनाएको छ । विश्वका विभिन्न देशका अनुसन्धाताहरू कोभिड–१९ विरुद्धको खोप निर्माणका लागि क्रियाशील भइरहेका भए पनि सन् २०२० को अत्यसम्म खोप विकसित हुनेमा शंका व्यक्त गरेको थियो ।

संगठनका एक अधिकारीले बुधबार खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुन सक्ने आशा व्यक्त गरेका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले यसै साता खोप विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो ।

विश्वविद्यालयले विकसित गरेको एउटा खोपले सुरक्षित र रोग प्रतिरोधात्मक क्षमता सक्रिय तुल्याउन सफल भएको अधिकारीहरूले दाबी गरेका थिए । उक्त खोपको परीक्षणका क्रममा १ हजार ७७ जना सहभागी भएका थिए ।

Advertisement

अनुसन्धानकर्ताहरूको दाबीअनुसार उक्त खोप लगाएकाहरूको शरीरले कोभिड–१९ विरुद्ध लड्न सक्ने एन्टिबडी र टी–सेल निर्माण गर्न सफल भएको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top