अन्तर्राष्ट्रिय उडान नखुल्दा सन्दीपले सिपिएल नखेल्ने सम्भावना

९ साउन ७७, शनिबार

१० साउन, काठमाडौं ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना अन्यौल बनेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानलाई भदौ १ गते सम्म रोक लगाएपछि सन्दीपले सिपिएल खेल्ने सम्भावना कठिन बन्दै गएको हो ।

सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म हुँदैछ ।आइसिसीको नियम अनुसार कुनैपनि खेलाडी १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । जसअनुसार सन्दीप साउन तेस्रो साताभित्र पुगिसक्नुपर्ने भएपनि उडान नखुलेका कारण अन्यौलता रहेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनलिस्ट रमन शिवाकोटीले बताए ।

उनले भने – ‘सन्दीप उता पुग्नुपर्ने साउन तेस्रो साताभित्र हो । उडान खुलेको छैन । त्यहि समस्या हो । अहिले सम्म त्यहि मिलाउन खोजिरहेका छौं । भदौ १ पछि खुलेपछि १४ दिन क्वारेन्टनइनमा बस्नुपर्ने हुन्छ । त्यसैले भदौ १ पछि जाने सम्भावना एकदमै कम छ ।’

‘सरकारसँग उनीहरुले उतैबाट पहल गरिरहेका छन् । यताबाट भने सरकारलाई कुनै पहल भएको छैन । एक्लै जहाज लगेर जाने पनि होइन । त्यसैले मिलाउनै समस्या परि रहेको छ’, उनले भने ।

गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमस जस्ता स्टार खेलाडी रहेका छन् । सिपिएलमा दुइ सेमिफाइनल र एक फाइनल गरि कुल ३३ खेल हुने छन् । सबै खेल समर्थक विनाको रंगशालामा हुने छ ।

यस अघि सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए ।

दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top