आइपिएल सेप्टेम्बर १९ देखि युएईमा हुने

९ साउन ७७, शनिबार

१० साउन, एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० टी–२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने भएको छ। आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलका अनुसार फाइनल नोभेम्बर ८ वा १० मध्ये एक दिन हुनेछ।

यस पटकको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने यस अघि नै निश्चित भएको थियो । आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सरहमा हुनेछन्।

वर्षको टी–२० विश्वकप स्थगित भएसँगै आइपिएलका लागि बाटो खुलेको थियो। पटेलका अनुसार आइपिएलको आयोजनाको मितिलाई केहि दिनमै अनुमोदन गरिनेछ।

प्रतियोगिताका लागि सबै फ्रेञ्चाइज टिमलाई स्वास्थ्य सुरक्षा सहित तयारी अवस्थामा रहन भनिएको छ। युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने नियम बाध्यकारी निमय छैन।

युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ। यस्तै त्यहाँ पुगेपछि अर्को परीक्षण हुनेछ। सो परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्वारेन्टिनमा बस्नु पर्दैन।

युएईमा हुने आइपिएलको फाइनल नोभेम्बर ८ मा भए ५१ दिनमा ६० खेल हुनेछन्। आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो ।

सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top