×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

हात्ती हिँड्ने बाटोमा विमानस्थल

८ बैशाख २०७५

काठमाडौं – बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य करिडोर विनाश गर्न खोजिएको प्रति पर्सा राष्ट्रिय निकुञ्जले आपत्ति जनाएको छ ।

वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल विनाश गरेर संरचना खडा गर्न खोजिएपछि निकुञ्जले आपत्ति जनाएको हो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

Advertisement
Advertisement

पूर्वपश्चिम राजमार्गको पथलैया-निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको १० किलोमिटर क्षेत्रमा दक्षिणतिरका सबै रूख काटेर विमानस्थल बनाउन खोजिएकामा निकुञ्जको मुख्य आपत्ति छ ।

‘त्यसो गर्दा वर्षौंदेखिको वन्यजन्तुको बाटो अवरुद्ध हुन्छ,’ नेपालका हात्तीमा विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक रामले भने, ‘सर्लाही, सिन्धुली, उदयपुरबाट पर्सा, बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि हात्तीले आतंक मच्चाउन सक्छ ।’ पूर्वका हात्ती पश्चिमतिर ओहोरदोहोर गर्ने उक्त जंगल एक मात्र करिडोर हो ।

राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा र चितवन निकुञ्जसम्मको वन्यजन्तुको ‘कनेक्टिभिटी’ तोडिने सहायक वार्डेन रामको बुझाइ छ ।

‘सदियौंदेखि पूर्वी तराईका जिल्लाबाट हात्तीको समूह पसाहा खोला दक्षिणको जंगल हुँदै पर्सा निकुञ्ज क्षेत्रमा भित्रिने गरेका छन्,’ उनले थपे, ‘राजमार्गको दक्षिणमा दुई किलोमिटर रूख नकाट्ने हो भने जैविक मार्ग जोगिन्छ र विमानस्थल पनि सुरक्षित हुन्छ ।’

Advertisement
Advertisement

वन्यजन्तु हिँड्ने सबै जंगल (जैविक मार्ग) विनाश गरेर बनाइएको संरचनाले भविष्यमा विकराल स्थिति निम्त्याउन सक्छ भन्नेमा अहिले नै ध्यान दिनुपर्ने उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top