×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

चितवनको चेपाङ बस्तीको घटना बाहिर आए जस्तो होइन: वन मन्त्री

१२ श्रावण २०७७

१२ साउन, काठमाडौँ ।
बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भए जस्तो नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा आगो लगाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताएका हुन ।

उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यस ठाउँमा खेतिकिसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए । उनले बाँकी ८ घर मध्ये एक जनाको गोठ समेत परेको बताए । उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए ।

Advertisement
Advertisement

स्थानान्तरण भएका व्यक्तिहरु पुनःफर्किएर त्यस ठाउँमा बस्ति बसाउने गरी माचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतले बताए । उनले भने ‘जे जति सबै रिपोर्टहरु बाहिर आइराखेका छन बाहिर सार्वजनिक कुरा आइराखेका छन त्यो लाई नै अन्तिम सत्य मान्न सकिने अवस्था हामीले हाम्रो अध्ययनबाट हेर्दा त्यो नै अन्तिम सत्य जस्तो देखिदैन । समितिले पनि आफ्नो ढंगले त्यसलाई विस्तृतमा अध्ययन गर्न पनि हामी आर्गह गर्दछौं । यद्यपी अहिले सम्म अन्तिम रिपोर्ट प्राप्त भइसको छैन । मन्त्रालयबाट सहसचिवको नेतृत्वमा एउटा अधययन टोलि त्यहाँ पठाएका पनि छौं । अध्ययन गरिराख्नु भएको छ । हामीले राय मागेका छौं । उहाँहरुको भनाई अनुसार दुईवटा सामग्री थियो । त्यो पनि बाहिर निकालेर गोठ चाहिं जलाइएको भन्ने हामीसँग अहिले सम्मको रिपोर्टिङ यति छ भने बाँकी चाहिं मोटरसाइकलमा गएर दिनभर मकै हेर्न बनाइएका मचानहरु हुन । जो १ सय ९३ स्थानान्तरण भइसकेको मध्येका हुन भन्ने अहिलेको हामीलाई भएको जानकारी रहेको छ ।’

मन्त्री बस्नेतले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइराखेको बताए । उनले कुटपिट किनभयो र कसरी मृत्यु भयो भन्ने विषयमा छानविन भइराखेको बताए ।

कुसुमखोला घटना मानवअधिकार विरुद्धमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देव गुरुङले बताए । उनले निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारबाही गर्ने तरिका उचित नभएको बताए । उनले घटनाप्रति छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद वालकृष्ण खाँडले उक्त घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताए । आफ्ना नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा आफैले घटना घटाउनु दुखद् भएको बताए ।

सांसद मातृका यादवले सेनाको बारेमा बोल्नै नहुने र प्रहरीको संरक्षण गृह मन्त्रीले गर्नै पर्ने प्रवृतिले राज्यबाटै घटनाहरु घटने गरेको बताए । उनले बन अतिक्रमण रोक्ने नाउँमा घटाइएको घटना पनि यसकै प्रतिफल भएको बताए ।

Advertisement

सांसदहरुले निकुञ्ज संरक्षण गर्ने नाउँमा मानिसमाथि नै आक्रमण गर्ने प्रवृति रोक्नु पर्ने बताएका छन् । बन लाई अतिक्रमणबाट बचाउनु पर्नेमा कुनै विवाद नरहको तर बनको संरक्षणको नाउँमा मानविय क्षति हुनेगरी घटना घटाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । उनीहरुले चितवनको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्न माग समेत गरेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top