यूएईबाट ७५०० नेपाली स्वदेश फर्किए,अर्काे चरणमा १७ जहाजले उडान गर्ने

११ साउन ७७, सोमबार

योगेन्द्र योगी
१२ साउन, दोहा ।

कोरोना लगायत अन्य विभिन्न कारणले यूएई स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये हालसम्म ७ हजार ५ सय नेपाली नागरिकहरू स्वदेश फर्किसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईको अबुधाबी, दुबई र शारजाहा विमानस्थलबाट नेपाल तथा हिमालय एयरलाइन्स, एयर अरेबिया, इतिहाद एयरलाइन्स र फ्लाई दुबईको गरि ४९ उडान मार्फत उनीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

Advertisement

दूतावासले गत अप्रिल २८ देखि खुल्ला गरेको नेपालीहरुको विवरण संकलन फारम भर्ने र अन्य विभिन्न माध्यमहरुबाट सम्पर्क गरि नेपाल फर्कन नाम टिपाउने नेपालीहरुको नामावली जुलाई १२ मा नै सार्बजनिक गरिसकेको र उक्त लिस्टमा नाम भएका नेपालीहरुले आफूलाई पायक पर्ने ठाउँमा गइ टिकट खरिद गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यूएईबाट नेपाल एयरलाइन्सले अगष्ट २, ४, ६ र ८ मा दुबईबाट उडान गर्ने तय भएको छ भने हिमालय एयरलाइन्सले अगष्ट १, २, ३ र ५ मा अबुधाबीबाट उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

Advertisement

यस्तै, एयर अरेबियाले अगष्ट १, २, ६ र ७ शारजहा तथा फ्लाई दुबईले जुलाई ३१, अगष्ट ३ र ४ मा दुबईबाट उडान गर्ने छ भने इतिहाद एयरलाइन्सले अगष्ट १ र ८ मा अबुधाबी विमानस्थलबाट उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

पछिल्लो चरणमा यूएईबाट १७ जहाजले उडान गर्ने तालिका दूतावासले सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top