×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026

सेनाको कुटपिटबाट मृत्यु भएका युवकको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइयो

१२ श्रावण २०७७

१२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका युवक राजकुमार चेपाङको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो ।

Advertisement

‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र विवादित घटनासमेत भएकाले विज्ञलाई नै देखाउने भन्ने उद्देश्यले काठमाडौं पठाएका हौं,’ भरतपुर अस्पतालको पोस्टमार्टम गर्ने चिकित्सक डा. सुजन अधिकारीले भने, ‘पोस्टमार्टम नै विवादित हुँदा घटना गिजोलिने डर हुने भएकाले सहजगता अपनाएर शिक्षण अस्पताल पठाइएको हो ।’

चार जना चेपाङ अगुवासहित प्रहरीको टोली शव लिएर काठमाडौं पुगेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि शव पोष्टमार्टम गर्न परिवारका सदस्यहरु सहमत भएका थिए । वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको राजगारी दिने सहमति भएको परिवारजनको भनाइ छ ।

गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको दाबी परिवारले गर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–२ का घर भएका राजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।

राजकुमारका बाबु विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै लास नबुझ्ने अडान लिँदै आएका छन् । सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको बाबु विष्णुलालको भनाइ छ ।

सेनाले भने कुटपिटबाट मृत्यु भएको भन्ने परिवारको दाबीलाई इन्कार गर्दै आएको छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top