इन्टर मिलानद्वारा नेपोलीमाथि २–० को जित दर्ता

१३ साउन ७७, बुधबार

१४ साउन, एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले नेपोलीमाथि जित हात पारेको छ । घरेलु मैदानमा इन्टरले नेपोलीलाई २–० ले हराएको हो ।

इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मार्टिनेजले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो ।

गुइसिप्पे माज्जा मिलानोमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा ड्यानिलो डि एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । क्रिस्टियानो बिरागीको पासमा अनमार्क रहेका ड्यानिलोले गोल गर्न सफल भएका थिए ।

Advertisement

२१औं मिनेटमा पिएटर जिलिन्स्कीले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । २६औं मिनेटमा जिलिन्स्कीले नै अवसर चुकाउँदा नेपोली बराबरीबाट चुक्यो । ३२औं मिनेटमा इन्टरका गोलरक्षक समिर हान्डानोभिकले माटियो पोलिटानोको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलो ब्रोजोभिकको प्रहार नेपोलीका गोलरक्षक एलेक्स मेरेटले रोके ।

४९औं मिनेटमा रोमेलु लुकाकु चुक्दा इन्टरले अग्रता दोब्बर पार्न सकेन । ६४औं मिनेटमा नेपोलीका इल्जिफ इल्मासको प्रहार थोरै बाहिरियो । ७४औं मिनेटमा लोउटारो मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

Advertisement

अन्तिम समयमा लोरेन्जो इन्सिग्नेको प्रहारलाई इन्टरका मार्सेलो ब्रोजोभिकले ब्लक गरिदिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

यो जितले इन्टर मिलान दोस्रो स्थानमा यथावत रहँदा नेपोलीको शीर्ष ६ मा पर्ने सम्भावना झिनो बनेको छ । इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ ।

इन्टरलाई एटलान्टाले पछ्याइरहेको छ । अब लिग चरणको अन्तिम खेलमा इन्टर र एटलान्टाबीच प्रतिस्पर्धा हुने भएकाले यही खेलबाट नै दोस्रो हुने टोलीको टुंगो लाग्नेछ । नेपोली ५९ अंक जोडेर सातौ स्थानमा रहेको छ । एक खेल कम खेलेको एसी मिलानको ६० अंक ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top