×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

सुनील थापा भित्र्याउँदा पनि काँग्रेसमा विवाद

१४ श्रावण २०७७

काठमाडौँ : राप्रपाबाट सुनिलबहादुर थापा नेतृत्वको समूह पार्टीमा आउन लागेकामा कांग्रेसभित्र कुनै विमति थिएन । तर विधानमै नभएको व्यवस्थाविपरीत सभापति शेरबहादुर देउवाले मनोमानी रूपमा पद बाँडेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूह सुरुदेखि नै असन्तुष्ट थियो । मंगलबार बिहानसम्म पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे पौडेल पक्ष निष्कर्षमा पुग्न सकेको थिएन ।

उपसभापति विमलेन्द्र निधिले सोमबारदेखि नै पौडेल र उनीपक्षीय नेताहरूसँग सहमतिका लागि संयोजन गरिरहेका थिए । निधि पार्टीद्वारा गठित अन्तरपार्टी समायोजन समितिका संयोजकसमेत हुन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी समायोजनका लागि निधिको नेतृत्वमा समिति बनाइएको थियो र अहिले थापा नेतृत्वको समूह समायोजनको जिम्मा पनि यसै समितिले पाएको छ ।

Advertisement
Advertisement

पार्टी प्रवेश कार्यक्रम सुरु हुनुअघि देउवाले पनि बूढानीलकण्ठस्थित निवासमा आफ्नो समूहको बैठक राखेका थिए । त्यस बैठकमा थापाको पार्टी प्रवेश र पौडेल पक्षको असन्तुष्टिबारे छलफल भएको थियो । पौडेल पक्षीय कतिपय सदस्यले थापा नेतृत्वको राप्रपालाई कांग्रेसमा स्वागत गरेको वक्तव्य जारी गरेर कार्यक्रममा सहभागी नहुने बताएका थिए ।

Advertisement
Advertisement

सभापति देउवा सुरुमा थापालाई महामन्त्री र मागेजति केन्द्रीय सदस्य दिएरै भित्र्याउन तयार भएका थिए । तर वरिष्ठ नेता पौडेल समूह र संस्थापन पक्षकै महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूले असन्तुष्टि जनाए । देउवा थापा समूहलाई ९ केन्द्रीय सदस्य दिन तयार थिए । तर पछि पाँच केन्द्रीय सदस्य र दुई आमन्त्रित सदस्य दिने समझदारी बनेपछि पौडेल पक्ष पार्टी प्रवेश कार्यक्रममा सहभागी भयो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top