कर्णालीमा पानीको बहाव खतरा नजिक, सतर्क रहन आग्रह

१४ साउन ७७, बुधबार

१४ साउन, कैलाली ।
लगातारको वर्षाले कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेको छ।

Advertisement

बहाव खतरा जजिक पुगेपछि नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गर्ने गरिएको छ।

अहिले कर्णाली नदीमा पानीको बहाव ९ दशमलव तीन मिटरमा पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले जानकारी दिए। उनले नदीमा पानीको बहाव ९ मिटर क्रस हुने बित्तिकै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए।

Advertisement

खासगरी कर्णाली नदीमा पानीको बहाव बढेसँगै कैलालीको टीकापुर नगरपालिका र बर्दियाका केही बस्तीमा जोखिम बढेको छ। ‘अहिले पनि निरन्तर वर्षा भैरहेकाले जोखिम अझै बढ्न सक्छ’ जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले भने कर्णाली सँगै नदी आसपासका बस्तीमा सचेत हुन आग्रह गरेका छौँ, उद्धारको टीम पनि तयारी अवस्थामा राखेका छौँ ।’

तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

Advertisement

यस सँगै कैलालीको कान्द्रा, पथरैया र काँडा, नदीमा बाढी आएर पानी गाउँमा पसेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्तीहरु डुबानमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top