इरानले अमेरिकाको डमी युद्धपोतलाई मिसाइलले उडायो

१३ साउन ७७, बुधबार

१४ साउन, एजेन्सी ।
इरानले आफ्नो मिसाइल अभ्यासको सिलसिलामा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ ।

यो रणनीतिक रुपमा अत्यधिक महत्वपूर्ण मानिने स्ट्रेट अफ होरमूजमा गरिएको हो । यसले फासरको खाडीलाई ओमानको खाडीसँग जोड्छ ।
यो अभ्यासमा यति ठूलो आगोको लप्का उठेको थियो कि अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट मोडमा राखेको छ ।

यद्यपि, पछि अमेरिकी नौसेनाले इरानको यो अभ्यासलाई गैर जिम्मेवारी र लापरवाहीयुक्त बताएको छ । अमेरिकी नौसेनाका अनुसार इरानको तर्फबाट यो उक्साउने र कारवाही गर्नका लागि बाध्य पार्ने कदम हो ।

Advertisement

यो अभ्यास यस्तो समयमा गरिएको हो जब खाडी क्षेत्रमा तेहरान र वासिङ्टनबीच लगातार तनाव बढिरहेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औं राखिएको थियो ।

यस्तै अमेरिकी युद्धपोतको डमी ठ्याक्कै त्यस्तै देखिएको थियो जुन अमेरिकाले खाडीमा तैनाथ गरेको थियो । यो डमी युद्धपोतमा डमी फाइटर जेट विमान पनि तैनाथ थियो । यो युद्धपोतलाई विभिन्न कोणबाट मिसाइल दागिएको थियो ।

Advertisement

यो युद्धपोतमा हेलिकोप्टरमार्फत् पनि मिसाइल दागियो जुन युद्धपोतको एउटा किनारासँग ठोक्कियो ।

आक्रामक अभ्यासमा अमेरिकी प्रतिक्रियाः

इरानको रिभोल्यूसनरी गार्डस्का कमान्डर मेजर जनरल हुसैन सालामीले सरकारी टेलिभिजनसँग भने, ‘यो अभ्यासमा हाम्रो वायुसेना र नौसेनाको आक्रामक शैली देखियो ।’

अमेरिकी सेनाका अनुसार यो अभ्यासमा ब्यालिस्टिक मिसाइलमार्फत् फायरिङ गरियो जसका कारण संयुक्त अरब इमिरेट्स र कतारमा अमेरिकी युनिटलाई अलर्ट जारी गरियो ।

अमेरिकी नौसेनाको बहराइनस्थित पाँचौं फ्लििटकी प्रवक्ता रेबेका रेबारिचले अमेरिकी नौसेनाले आफ्ना सहयोगीसँग रक्षात्मक अभ्यास, नौसेना सुरक्षाले प्रोत्साहन पाओस् भन्ने हेतुले गर्ने गरेको तर इरानको अभ्यास ‘उक्साउने र कारवाहीका लागि बाध्य पार्नेजस्तो’ आक्रामक रहेको बताइन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top