Nepal Times
Nepal Times
3
Shares

एक सातामा ४ किलो सुन बरामद !

एक सातामा ४ किलो सुन बरामद !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्।

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट एक भारतीय पक्राउ परेको हो ।

फ्लाई दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय ३० वर्षीय महेश रामचन्द्र देवकालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

उनले कम्मरमा बाँधेको कपडाको पेटीमा लुकाएर दुई हजार ७०० ग्राम सुन ल्याएका थिए।

यसअघि बिहीबार ६० तोला अवैध सुनसहित त्रिभुवन विमानस्थलबाटै दुबईबाट काठमाडौं आएका सर्फराज रहमानको जुत्ताभित्तत्र ६० तोला सुन भेटिएको थियो।

प्रहरीले जुत्ताभित्र ६० तोला सुन फेला पारेपछि उनलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

उनले लगाएको जुत्ताभित्र सुनको विस्कुट भेटिएको प्रहरीले जनाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.