नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्रतिबन्ध

योगेन्द्र योगी
१६ साउन, दोहा ।

कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सूचारु गर्ने निर्णय गरे संगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ ।

अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित  भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रतिबन्ध लगाएको छ ।

Advertisement

सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।

यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो ।

Advertisement

तर त्यो निर्णय दुई दिन पनि टिक्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो । कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् ।

कुवेतमा विभिन्न क्षेत्रमा गरि करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top