मोरङको रंगेली अनिश्चितकालका लागि बन्द

१९ साउन ७७, मंगलबार

२० साउन, विराटनगर ।
मोरङको पुरानो बजार रंगेली मंगलबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

एकै परिवारका १४ जनामा कोरोना देखिएपछि स्थानीय निकायले रंगेली बन्द गरेको हो । बजारसंगै अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको रंगेली नगरपालिकाले जनाएको छ ।

सोमबार आएको पीसीआर रिपोर्टमा एकै परिवारका १४ जनासहित विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।

रंगेली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोहेन्द्र पाण्डेले संक्रमितहरुको उपचारको प्रबन्ध, उनीहरुको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने भएकोले बजार, अस्पताल एवं कार्यालयहरु बन्द गरिएको बताए ।

Advertisement

‘यो अस्पतालमा कोरोनाबाट प्रभावित सुनवर्षी र रतुवामाइ नगरपालिकालगायत मोरंगको सीमावर्ती दक्षिणपूर्वी भेककै सेवाग्राही आउने हुनाले समुदायमा फैलिन नदिनलाई सावधानीका कदमहरु चालिएको हो,’ उनले भने । स्थिति सहज हुनबित्तिकै अस्पताल सञ्चालन हुने डा.पाण्डेले बताए ।

आवागमन प्रयोजनका लागि सशुल्क पीसीआर परीक्षण गराउँदा रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको डा.पाण्डेले बताए । सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु कसरी र कहाँबाट संक्रमित भए भन्ने पुष्टि हुन नसकेको उनले जानकारी दिए ।

अन्यमा भने रंगेलीसँग जोडिएको सीमावर्ती सुनवर्षी नगरपालिकाका संक्रमितसँग सम्पर्कमा आएको कारण नगरपालिकाले नै पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनले प्रस्ट पारे ।

मंगलबार बिहानदेखि रंगेलीमा घरबाट ननिस्कनलाई माइकिङ गरिँदैछ । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ ।

स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top