कोभिड १९ को उपचार गर्न १२ अस्पताललाई प्लाज्मा थेरापीको अनुमति

२० साउन, काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड–१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि नौ सरकारी र तीन निजी अस्पताललाई स्वीकृति दिएको जानकारी दिए ।

कोभिड–१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ । उनका अनुसार सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल विराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज र सेती अस्पताल धनगढी रहेका छन् ।

Advertisement

यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ ।

नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । यस विधिअनुसार कोभिड–१९ बाट सङ्क्रमणबाट पूर्ण रुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ र त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्दछ ।

Advertisement

‘यो एक सम्भाव्य, अवलोकन क्लिनिकल अध्ययन हो, नोभेल कोरोना भाइरसको एन्टिबडी भएको कन्भालेसेन्ट प्लाज्मा कोभिड–१९ को उपचारका लागि हाल नेपालमा एक अविलम्ब विकल्पका रुपमा रहेको छ’, उनले भने ‘युरोपियन युनियनको स्वास्थ्य र खाद्य सुरक्षा तथा अमेरिकाको खाद्य र औषधि प्रशासन मापदण्डभित्रले पनि कोभिड–१९ को उपचारका लागि यस थेरापीलाई एक तत्कालीन प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।’

नेपालमा यस विधिबाट उपचार सफल रहेकाले ती अस्पताललाई अनुमति दिइएको उनले बताए। यो पद्धति कम जोखिमयुक्तका साथै प्रभावकारी हुने बताइएको छ ।

मन्त्रालयले सो अनुसन्धान प्रक्रियालाई अगाडि बढाउनका लागि गत जेठ ४ गते सचिवस्तरीय बैठकबाट अनुमति दिएको थियो । उक्त पद्धतिबाट उपचार प्लाज्मा लिने र दिनेबीच समझदारी भएपछि गरिन्छ ।

उनले यस पद्धतिअनुसार उपचार गर्नका लागि २५ जना पूर्ण रुपमा निको भइसकेका सङ्क्रमित प्लाज्मा दिन तयार रहेका बताए। दातामा पिसिआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनुपर्ने, रक्तदान दिनुभन्दा कम्तीमा १४ दिन अगावै कोभिड–१९ सम्बन्धी लक्षण देखा नपरेको हुनुपर्ने र रक्तदान गर्ने व्यक्तिले रक्तदान गर्दा नेपाल रेडक्रसले अपनाएको मापदण्ड पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै प्लाज्मा थेरापी प्राप्त गर्ने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने, पिसिआर विधिबाट कोभिड–१९ रोग भएको निश्चित हुनुपर्ने, अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने, बिरामी गम्भीर अवस्था भएको वा ज्यान जोखिममा रहेको अवस्था हुनुपर्ने वा चिकित्सकले बिरामीको गम्भीर अवस्थामा जान सक्ने सम्भावना रहेको पुष्टि गरेको हुनुपर्ने उनले उल्लेख गरे।

अनुसन्धानमा संलग्न अस्पतालले प्लाज्मा थेरापी पद्धतिको उपचार र अनुसन्धान गर्नेसम्बन्धी जानकारी अनुसन्धान समयावधिभरि गोप्य राख्नुपर्ने उनले बताए।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top