लमजुङमा तुइन चुँडिँदा एक बेपत्ता, एक घाइते

१९ साउन ७७, मंगलबार

२० साउन, लमजुङ ।
तुइनबाट दोर्दी खोला तर्न खोज्दा खसेर एकजना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् ।

सोमबार लमजुङको दोर्दी गाउँपालिकामा –६ सिमीगाउँकी २५ वर्षीया फूलमाया गुरुङ दोर्दी खोलाको तुइन चुँडिएर खोलामा खसेकी हुन् । उनी खोलामा बगेको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमप्रकाश पुनले बताए ।

फूलमायासँगै तुइनबाट खोलामा खसेका दोर्दी–६ कीर्तिपुरका १७ वर्षीय विकास घले घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरू सोमबार बिहान करिब १० बजे दोर्दी–७ स्थित जलकन्या मन्दिरमा पूजा गर्न जाने क्रममा तुइन चुँडिएको हो । खोलामा बेपत्ता भएकी फूलमायाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा धर्म गुरुङका अनुसार तुइन भएको ठाउँबाट झोलुंगेपुल एक घन्टा पैदल दूरीमा पर्छ । जसले गर्दा स्थानीय बासिन्दा तुइनबाटै आवतजावत गर्दै आएका छन् । दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार दोर्दी–६ कर्तीबेसी र ७ माझखर्कका बासिन्दाले तीन वर्षअघि दोर्दी खोलामा तुइन राखेका हुन् ।

Advertisement

‘एक घन्टा हिँड्नुको साटो दुई मिनेटमै खोला पार गर्न सकिने भएकाले स्थानीयवासी आवतजावत गर्दै आएका छन्,’ उपाध्यक्ष घलेले भने । हिउँदमा भने पानी कम हुने भएकाले खोलाबाटै ओहोरदोहोर हुने गरेको उनले बताए ।

तुइन हटाएर दोर्दी–६ मा झोलुंगेपुल निर्माण गर्न गण्डकी प्रदेश सरकारले गत वर्ष नै ५८ लाख बजेट निकासा गरेको थियो । तर, कोरोना महामारीका कारण पुल निर्माण गर्न नसकिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

पुल निर्माणका लागि गाउँपालिकाले गत मंसिरमा तुइन हटाएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘हामीले तुइन हटाएका थियौँ, तर स्थानीय बासिन्दाले नाइलनको डोरीबाट तुइन बनाएका थिए । त्यही चुँडिएर दुर्घटना भयो ।’ अब छिटै पुल निर्माण गरिने उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top