×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसिड पीडित पुरुषको दबिएको कथा

२० श्रावण २०७७

कथा नयाँ भए पनि घटना करिब पाँच महिना पूरानो हो । “लौ न अचम्मै भयो , सनसनीपूर्ण खबर नै मच्चियो , श्रीमतीले श्रीमान माथि एसिड छ्यापिन् रे ।” जहिल्यै महिला माथि एसिड प्रहारको घटना सुन्न अभ्यस्तहरु विभिन्न खेमामा विभाजित भई तर्क कुतर्क गर्न व्यस्त भए । कोहि सुनेर अवाक मात्र परे , कोहि भेडे प्रवृत्ती अपनाउँदै अरु विभिन्न अपराधका घटना झैँ यसमा पनि एक दुई पटक “फाँसी दे” को नारा लगाए अनि कोहि चाहिँ “ठिक्क पारिछे, लोग्नेले पिट्थ्यो होला” भन्दै आफ्नो अड्कलमा विश्वस्त भई न्याय गर्न थाले । गत फाल्गुणमा नुवाकोटका २६ वर्षिय एक युवामाथि सुतिरहेको अवस्थामा उनकै श्रीमतीले एसिड प्रहार गरिन् ।

नेपालमा पुरुष माथि एसिड प्रहार भएको यो दोस्रो घटना हो भने बयस्क पुरुष माथि नेपालमा घटेको पहिलो घटना । यही थियो त्यो अचम्मको खबर जुन विजुली झै फैलियो र लोडसेडिङ झैँ निभी पनि हाल्यो । न्यायलयका फाइलका पत्रमा यसको धुकधुकी बाँकि छ , सञ्चार माध्यमका कानमा बेलाबेला काउकुती लगाउछ , तर यस क्षेत्रमा काम गर्ने संघ संस्थाले फर्केर पनि हेरेनन् यो सिङ्गो खबरलाई जो आज पनि काठमाण्डौको टिचिङ अस्पतालको कुनै शैयामा लडिरहेछ । चाहे देशको कानुन होस् या संस्थागत गुरुयोजना, हामी सामाजिक परिप्रेक्षका आधारमा निर्णय गर्छौँ । यसमा पनि झण्डै विगत ६ दशक देखि ‘महिला माथिको लैङ्गीक विभेद’ एक मापन सुचक भएको छ । घरेलु हिंसा, अंशको किचलो, जबरजस्ती करणी र एसिड एट्याक जस्ता घटना त झन् यही लेन्सबाट नियाल्ने गरेका छौँ हामीले । तर सिङ्गो नेपाल एक समाज होइन । महिला माथिको लैङ्गिक विभेदको अन्त्यका लागि विगत ६ दशकका सुधार नेपालका सबै कुनामा एकमुष्ठ नछरिएको भए पनि केहि स्थानमा समानता कायम गरिसक्यौँ ।

तसर्थ आज नेपालका सबै समाजका सबै क्षेत्र महिला माथिको लैङ्गिक विभेदको लेन्सले हेर्नुपर्ने आवश्यकता छैन । चाहे घरेलु हिंसा होस् या अंशको किचलो या त जबरजस्ती करणी र एसीड एट्याक हुन् ,महिला विरुद्धका कसुर हुन् भन्ने ट्याग जनमानसमा लागेको छ । यही ट्यागका शिकार हुन् आजको कथाका मुल पात्र जो पिडित भए पनि आधा समाज उनलाई पिडित मान्दैन । “श्रीमती कुट्थ्यो होला अनि उसले नि रिस पोखी ” भन्नेहरुको भेडे प्रवृत्तिले यो बुझ्दैन कि अपराधले लिङ्गका आधारमा विभेद गर्दैन । गत वर्ष घटेको श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेको जेनी खड्काको मुद्दाको सन्दर्भमा परिवेश फरक थियो । समाजले उनलाई पिडित मान्यो, विभिन्न संघ सस्थाले सहयोग गरे, उपचार भयो । तर यी युवकलाई किन त्यो सहयोग र सहानुभुति छैन ? के हामी समानता खोज्दै धेरै पर त पुगेनौँ?

ती युवक एक निम्न आयस्राेत भएका नेपाली हुन् जो अपराध पिडित भएका छन् । नेपाल सरकारले पीडित राहत कोषबाट उपचारका निम्ती क्षतिपुर्ती रकम दिनुपर्ने व्यवस्था छ । विगतका घटनामा यो प्रकृयाबाट रकम आइपुग्नु पुर्व नै बर्न इन्जुरीका पिडितलाई नै सहयोग गर्न भनि खोलिएका संस्थाको सहयोगमा उपचार थालिने गरेको पाइन्छ । तर पाँच महिना बितिसक्दा पनि यी युवकले न सरकारी सहयोग पाएका छन् न सामाजिक । आवश्य हाम्रो लागि यो घटना नयाँ हो । नेपाल मात्र होइन दक्षिण एसियाका सबै मुलुक तथा अन्य अर्धविकसित मुलुकका लागि नै यस्ता घटना नयाँ हुन सक्छन् । तर विश्व चित्रमा, विभिन्न विकसित देशमा महिला भन्दा धेरै पुरुषमा एसिड प्रहार हुनेगरेको पाइन्छ । साथै घरेलु हिंसा, अंशको किचलो, जबरजस्ती करणी र मानव बेचबिखन जस्ता घटनामा पनि महिला र पुरुष बराबरी रुपमा पिडित हुने गर्छन् । खोई गर्यो त अपराधले लिङ्गका आधारमा विभेद ? कति फराकिलो छ हाम्रो समानताको दायरा ? आज पुरुष माथि भएको एसिड आक्रमणको गम्भिरता बुझ्न नसक्ने समाजले भोलि पुरुषमाथि जबरजस्ती करणी भए कत्तिको गम्भिरताले हेर्ला ?

अझ यो विषयमा त नेपाल सरकार पनि गम्भिर देखिदैन । जबरजस्ती करणी महिलालाई मात्र हुन सक्ने उल्लेख गर्दै हाम्रो देशको फौजदारी कानुनले नै हाम्रो समानताको सोचाईमा पुर्णविराम लगाइदिएको छ । मानिलिनुस् म एक बयस्क पुरुष हुँ र मेरो मञ्जुरी बिना एक हुल व्यक्तिहरुले ममाथि जबरजस्ती अप्राकृतिक करणी गरे । अहँ मलाई पीडीत र ती एक हुल व्यक्तिलाई दोषी देखाउने कुनै कानुन, कुनै न्यायलय छैन हाम्रो देशमा ।

हजुर,यो पुरुष प्रधान देश हो र कतिपय विषयमा अझैँ पुरुष प्रधान नै छ । समानता खोज्दै हामी महिला मैत्री वातावरण निर्माणको एजेण्डामा जुटिरह्यौ । तर समयसँगै भएका सुधारका आधारमा एजेण्डा परिवर्तन गर्नुपर्छ । अरु विषयवस्तुमा अझैँ भेदभाव होला तर आज अपराधले लिङ्गका आधारमा विभेद गर्न छोडिसकेको छ ।

(लेखक बिजया लक्ष्मी कानुनकी विद्यार्थी हुनुहुन्छ ।)

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top