×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा

२१ श्रावण २०७७

२१ साउन, इस्लामाबाद ।
पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो । हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।’

खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’

उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे । प्रधानमन्त्री खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । उनले भने– ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।

यता भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ। भारत सरकारले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ ।

मंगलबार साँझ भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको तथाकथित राजनीतिक नक्सा हेर्यौँ । यसमा भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरु जम्मू–कश्मीर लद्दाखको भूमिमाथि आधारहीन दाबी गरिएको छ । जुन राजनीतिक मुर्खताले उठाइएको कदम हो ।’

भारतले गत वर्ष जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समेटेको थियो । भारतले आफ्नो राजनैतिक नक्सामा नेपाली भूभाग समेटेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित भूभागलाई आफ्नो नयाँ राजनैतिक तथा प्रशासनिक नक्सामा समेटिसकेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top