×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

दिनभरका प्रमुख खबर

२१ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक र संक्रमित बढे)
नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ६२ पुग्यो ÷बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिए/ कुल संक्रमित पुगे २१ हजार ३ सय ९० /१५ हजार १ सय ५६ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आजको परीक्षण)
आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण ÷देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा /६ हजार १ सय ७३ जना संक्रमित आइसोलेसनमा ।

३.(प्रदेशमा भय)
विराटनगर गुद्री र रंगेलीका दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु / विराटनगरमा ११ सहित प्रदेश १ मा १८ संक्रमित थपिए /आजै ५७ डिस्चार्ज /प्रदेश १ मा संक्रमितको संख्या ११ सय ८९ पुग्दा ८ सय ८७ जना डिस्चार्ज ।

४.(बच्नका लागि निषेधाज्ञा)
कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी /सप्तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी ।

५.(फेरि नयाँ संक्रमण)
पछिल्लो समय क्वारेण्टिन र आइसोलेसनमा बसेकाहरुमा कीटजन्य रोगको सङ्क्रमण देखिन थालेकाले सावधानी अपनाउन चिकित्सकहरुको सुझाव/मलेरिया, डेंगी र कालाजार देखिन थालेकाले सावधानी अपनाउन आग्रह ।

६.(नेकपाको अड्को)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबारको लागि तय भएको भेटवार्ता स्थगित /दुवै जना आ आफ्नै अडानमा कायम /अर्को छलफल बिहीबार बिहान बस्ने तय ।

७.(परीक्षा शुल्क हराउँदैन)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने / परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी २०० कट्टा हुने र बाँकी रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने ।

८.(सरकारीको बीमा)
बीमा समितिद्वारा सरकारी कर्मचारीहरुको निःशुल्क कोरोना बीमा सुरुवात/सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने /सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान ।

९.(नपाउनु दुःख पाए)
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई /उपत्यका पैदल हिडेर वा सवारीमा विना पास प्रवेश गर्न खोज्न सवैलाई नाकाबाटै फिर्ता ।

१०.(निःशुल्क उद्धार )
कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालियो /तोकेको मापदण्डमा पर्ने नेपाली श्रमिकलाई दूतावासमा आवेदन दिन अनुरोध ।

११.(बालिकाको उद्धार)
कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार/कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि राष्ट्रिय बालअधिकार परिषदद्वारा उद्धार गरिएकी बालिकाहरूलाई मापदण्ड पूरा भएको गृहमा राखिने ।

१२.(लाख पारी सुन)
लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको मूल्यमा बुधबार नयाँ रेकर्ड कायम/आज सुनको मूल्य इतिहासमै पहिलोपटक प्रतितोला १ लाख १ हजार ४ सय निर्धारण/चाँदी प्रतितोला १ हजार २ सय ३० कायम ।

१३.(खेल अभ्यास)
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमु¥याउन थाले/फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टिनमा राखियो भने ब्याड्मिन्टनको पनि अभ्यास जारी ।

१४.(आत्मामा रहेका राम)
भारतमा लामो समयदेखि विवादित अयोध्यास्थित राममन्दिरको निर्माण सुरु /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मन्दिर निर्माणको शिलन्यास/ रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको मोदीको भनाई ।

र,

Advertisement

१५.(७ लाख अस्ताए)
कोरोना महामारीका कारण हालसम्म विश्वभर मृत्यु हुने संक्रमितको संख्या ७ लाख नाघ्यो/१ करोड ८७ लाख बढी संक्रमित /१ करोड १९ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top