नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना

२२ साउन, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.