एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

२३ साउन ७७, शुक्रबार

काठमाडौँ : गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता भएको छ ।

Advertisement

मन्त्रालयले गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको जनाएको छ । वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र सडक नियमित मर्मत सम्भार एक हजार ७१६ किलोमिटर गरिएको छ ।

त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन् ।

Advertisement

मन्त्रालयले गत आर्थिक वर्षको योजना र कार्यक्रमबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना गरेको जनाएको छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top