झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२३ साउन ७७, शुक्रबार

२३ साउन, झापा ।
झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।

Advertisement

छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले शुक्रबार बिहान ४ बजेतिर रेग्मीलाई कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top