स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

२३ साउन, एजेन्सी । स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा बिहीबार राति भएको खेलमा इटालियन क्लब रोमालाई पराजित गर्दै सेभिल्लाले २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

सेभिल्लाको जितमा सर्जियो रिगुइलन र युस्सेफ इन न्यास्रीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको शुरुवातदेखि नै सेभिल्लाले रोमालाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो ।

इन्ज्युरी समयमा इभर बनेगाको प्रहार बारमा लागेर फर्कदा सेभिल्ला अर्काे गोलबाट चुक्यो । अन्तिम समयमा रोमा १० खेलाडीमा समेटियो । लुक डि जङलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जियानलुका मान्सिनीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

Advertisement

अब सेभिल्लाले क्वाटरफाइनलमा इंग्लिस क्लब वल्भ्सको सामना गर्नेछ । वल्भ्सले बिहीबार राति नै भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले तथा समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

वल्भ्सको जितमा राउल जिमिनेजले खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । गोलरक्षक बोबी एलियनको गल्तीमा वल्भ्सले पेनाल्टी पाएको थियो । जसलाई जिमिनेजले सदुपयोग गरे । २८औं मिनेटमा ओलम्पियाकोसका मोहमेद माडी कामराले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top