सरकारी रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

२३ साउन, रुकुम पश्चिम ।
सरकारी रकम व्यक्तिगत खातामा जम्मा गर्ने त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना कार्यालयबाटै पक्राउ परेका छन् ।

कारबाहीबाट बच्न बिहीबार राती कार्यालयमा गई कागजात मिलाउँदै गरेको अवस्थामा लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसीलाई राति ९ बजे कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाहिरबाट ताला लगाई भित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय र्पुयाइएको छ ।

Advertisement

आर्थिक वर्ष २०७६÷०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए । विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि कार्यपालिकाले चासो व्यक्त गरेको थियो ।

पछि उनीहरूले रकम गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । यस विषयमा जिल्ला प्रशासनले कार्यालयले छानबिनसमेत थालेको थियो । उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top