घुम्ती स्वाब सङ्कलन साधन तयार गर्दै नाष्ट

२२ साउन ७७, शुक्रबार

 २३ साउन, ललितपुर।

नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण नफैलिने प्रविधि एक भ्यान र दुई एम्बुलेन्समा जडान गर्न प्रहरीलाई सहयोग गर्ने नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जानकारी गराए । उनले भने “प्रहरीबाट भ्यानमा रहेका कोरोना प्रभावित र यसमा बस्ने मानिसबीचको जोखिम हुननदिन प्रविधि जडान गरिदिन आग्रह आएको छ ।” नाष्टले यसमा लाग्ने आर्थिक लगानी, उपकरण र जनशक्तिबारे जानकारीसमेत गराइसकेको जनाएको छ ।

Advertisement

प्रहरीले नाष्टलाई केही दिनअघि यसका लागि अनुसन्धान गरिदिनसमेत अनुरोध गरेको थियो । नाष्टले सवारी साधनमा कोरोनाको जोखिम हटाउन प्रयोग गरिने हरेक चिजको आकलन गरी पठाइसकेको छ । यसअघि नाष्टले यही साउन १३ गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा मोबाइल स्वाब कलेक्सन भेइकल निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकलको प्रयोग हाल विभिन्न सरकारी निकायमा कोरोना परीक्षण गर्न प्रयोग भइरहेको छ ।

मुलुकमा कोरोना महामारी बढेसँगै गत चैत ११ गतेदेखि भएको बन्दाबन्दीमा नाष्टले कोरोनाबाट जोगिने नौवटा प्रविधि विकास गरेको बताइएको छ । यी प्रविधिमा हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनी दुईवटा ‘हयान्ड वास स्टेशन’, खुट्टाले थिची हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वाड’, रगत झिक्नुपरेमा अपनाउने सुरक्षाका लागि ‘बल्ड कलेक्सन क्लिनिक’, रगत झिक्ने व्यक्तिमा सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’ निर्माण गरिसकेको छ । यस प्रविधिले आफँै स्पे्र गर्छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोना सङ्क्रमण सर्नसक्ने आकलन गरेसँगै हरेक मानिसले उच्च तवरको मास्क लगाउनुपर्ने नाष्टले महसुस गरी धुन मिल्ने ‘एन–९५ का साथै एन–९९ इकुभ्यालेन्ट नेपाल मेड’ मास्क बनाएर परीक्षण गरिरहेको प्र्रविधि सङ्काय प्रमुख डा रवीन्द्र ढकालले जानकारी दिए । उनले भने, “हामीले यहाँ १२ प्रकारका मास्क बनाएर परिक्षण गरिरहेका छौँ ।” परीक्षणमा गर्दा यी मास्क सुरक्षित सावित भएमा रु १०० देखि २०० सम्म बजारमा दिन सकिन्छ । यसैगरी नाष्टले हाल बजारमा पाउने १०० वटा मास्क सङ्कलन गरी यसको प्रभावकारिताबारे अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

नाष्टले कोरोना सङ्क्रमित व्यक्तिले खोक्दा र हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस् भनी ‘नेगेटिभ प्रेसर स्टक्चर हुड’ निर्माण गरिसकेको छ । यस हुडले कोभिड प्रभावितलाई छोपेपछि यसबाट सङ्क्रमण बाहिर जाँदैन । अर्कोतर्फ हाल कोरोनाका कारण शहरका घरमा खुम्चिएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन नाष्टले ‘कौशी करेसाबारी’ परियोजनाअन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात् माटोबिना कौशीमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धानसमेत गरिरहेको छ । यस प्रविधिअन्तर्गत पानी, केमिकल, सफा ग्राभेलको सहयोगमा कौशीखेती गर्न सकिने नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top