भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारको मृत्यु

२३ साउन, नयाँदिल्ली ।
पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको जनाईएको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या करिबर एक लाख ६० हजार नाघेको छ भने निको हुनेको संख्या करिब १६ लाख रहेको छ ।

Advertisement

शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९८ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १२ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १४ लाख निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top