×

NEPAL TIMES UPDATES

Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026

सौराहामा होटल खुले, ग्राहक आएनन्

२४ श्रावण २०७७

२४ साउन, चितवन । 

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।

Advertisement

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए ।

घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।” आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन् । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ ।

सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६ रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको सङ्ख्या ११० छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् ।रासस

भर्खरको समाचार

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

सम्बन्धित खबरहरु

Scroll to Top