महोत्तरी र धनुषा सदरमुकाममा लगाइएको निषेधाज्ञा पुनः एक हप्ता थप

महोत्तरी र धनुषा सदरमुकाममा लगाइएको निषेधाज्ञा पुनः एक हप्ता थप

२६ साउन, महोत्तरी । जिल्ला प्रशासनले महोत्तरी र धनुषा सदरमुकाममा लगाएको निषेधाज्ञा पुनः एक हप्ताको लागि थप गरिएको छ ।

साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ वडाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यस्तै धनुषामा प्रशासनले पूर्वमा जनकपुरको कपिलेश्वर बसपार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडकखण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दूधमती नदीको पुल, दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर, प्रदेशसभा जाने मोडबीच लगायतको क्षेत्रभित्र निषेधाज्ञा कायमै राखेको छ ।

धनुषा जिल्ला सुरक्षा समितिले यस अवधिभरिमा बैंक तथा वित्तीय संस्थाहरु सिफ्टबमोजिम खोल्ने, यात्रु निवासलाई क्वरेण्टीन बनाउने, आइसोलेशन अझै थप्ने लगायतको निर्णय गरेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.