२६ साउन, काठमाडौं ।
काठमाडौँको गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चितवनको टाढी, माधवपुरबाट अपराध भएको कोठामा बस्ने कल्पना शाही पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । उनलाई प्रहरीले काठमाडौँ ल्याउन लागेको छ ।
आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।
प्रहरीले सोमबार मृतकको सनाखत गरेको छ । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।
