भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

२७ साउन ७७, मंगलबार

२७ साउन, एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि शल्यक्रिया भएको छ।

Advertisement

शल्यक्रियापछि मुखर्जीको अवस्था गम्भीर रहेकोले भेन्टिलेटरमा राखिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८४ वर्षका मुखर्जीको शल्यक्रियापूर्व गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

सोमबार उनको शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि उनलाई भेन्टिलेटरमा सारिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top